-
मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने :पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्मृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताउनुभएको छ ।
प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभएको हो । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उहाँले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो “सम्मृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन । समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्याय सहित सभ्यताको एउटा नयाँ उचाई छुदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो । ”
उहाँले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उहाँले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्देन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र बैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।
एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कवि ले भन्नुभएको थियो –जनता नै खराब भएकाले नेता खराब भएका । तपाईहरु असल हुनु त नेता असल नभई सुख पाउँछ त ? –नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपुर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”
प्रकाश विकल्पद्धारा लिखित समृद्धिको रोडम्यापले सम्मृद्धिको सवालमा कयौ प्रश्नहरु उठाएको भन्दै उहाँले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो “सम्मृद्धिको रोडम्याप पढ्दै जाँदा तपाईहरुले देख्ने थुप्रै प्रश्न हुन्छन् । म अहिले यसलाई उत्तर आईसकेको किताबको रुपमा पनि भन्न चाहन्न । यसले प्रश्न धेरै उठाएको छ । बहस नयाँ ढंगले उठाउन जमर्को गरेको छ । त्यही प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्मृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जान्छ भन्ने मैल ठान्दछु । ”
पुस्तकमा आफुलाई गाली गर्नेहरुको जमातलाई विभिन्न नेताका क्रियाकलापसंग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दे उहाँले विरोधीले गरेको आलोचना भन्दा पनि आफ्नो वर्गले आफुलाई ठिक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफुलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो ”बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभई तीनै लक्षित वर्ग र समुहदायको हितको लागि भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “यथास्थितिबादी, परम्परावादी, लामो समय राज्य संञ्चालन जिम्मा लिएका मान्छेहरुलाई नाम पनि मन पर्दैन । काम पनि मन पर्दैन । उनीहरुले कहीँ न कही टिप्पणी गरिनै राखेका हुन्छन् । मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ । मलाई आफ्नै वर्गले ठिक ढंगले चिन्यो कि चिनेन ? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु र आलोचना गर्नु किनभने मलाई एकाधरीले त मलाई मार्ने खोजेको हो नि त । अहिले सम्म बाँचिरहिएको छ कताकताबाट । त्यो कस्ले बचायो भन्दा जनताले बचाएका हुन्, अरुले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त । तर म दुईचोटी प्रधानमन्त्री भईसकेँ । अब मलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन । प्रधानमन्त्रीको निम्तिको लडाई पनि होइन मेरो । ”आलोचकहरुले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छबि बनाउने कोशिष गरे उल्लेख गर्दै उहाँले लेखकले भने यथाअवस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रसंसा पनि गर्नुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२