-
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन सार्वजनिक आह्वान गर्दै बैठकमा सहभागी नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ)को भृकुटीमण्डपमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह नआए कारवाही गर्ने चेतावनी दिनुभएको हो । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको बताउँदै आफूलाई हटाएर देखाउन चुनौती दिनुभयो ।
उहाले आगामी चूनावमा फेरी आफू दुई तिहाइका साथ सिंहदरबारमा आउने उद्घोष गर्नुभयो । सरकारमा भए पनि देश बनाउने र प्रतिपक्षमा भए पनि देश बनाउने तयारी गर्ने ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य सत्ता नभएको दाबी भन्दै जनतालाई हेर्ने र समृद्धि चाहने आफ्नो बाहेक अरु कसैको पार्टी नभएको तर्क गर्नुभयो ।
अहिले गठबन्धनको सरकार बनाउन खोजेको भन्दै ओलीले त्यसलाई ’टालटुले’ सरकारको संज्ञा दिनुभयो । प्रचण्डले दुई तिहाइको पार्टी भत्काएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद खाइदिन आग्रह गरेको ओलीको आरोप छ । ओलीले प्रचण्ड–नेपालले साधारण सदस्यबाट हटाए पनि आफूले भने कसैलाई नहटाएको दावी गर्नुभयो ।ओलीले अदालतको फैसलापछि नेपाल–खनाल समूहका नेता पेरिसडाँडाबाट बिदाइ भएर आफूलाई ठेगान लगाउन आएको तर्क गर्नुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२