-
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन सार्वजनिक आह्वान गर्दै बैठकमा सहभागी नभए कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ)को भृकुटीमण्डपमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह नआए कारवाही गर्ने चेतावनी दिनुभएको हो । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको बताउँदै आफूलाई हटाएर देखाउन चुनौती दिनुभयो ।
उहाले आगामी चूनावमा फेरी आफू दुई तिहाइका साथ सिंहदरबारमा आउने उद्घोष गर्नुभयो । सरकारमा भए पनि देश बनाउने र प्रतिपक्षमा भए पनि देश बनाउने तयारी गर्ने ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य सत्ता नभएको दाबी भन्दै जनतालाई हेर्ने र समृद्धि चाहने आफ्नो बाहेक अरु कसैको पार्टी नभएको तर्क गर्नुभयो ।
अहिले गठबन्धनको सरकार बनाउन खोजेको भन्दै ओलीले त्यसलाई ’टालटुले’ सरकारको संज्ञा दिनुभयो । प्रचण्डले दुई तिहाइको पार्टी भत्काएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद खाइदिन आग्रह गरेको ओलीको आरोप छ । ओलीले प्रचण्ड–नेपालले साधारण सदस्यबाट हटाए पनि आफूले भने कसैलाई नहटाएको दावी गर्नुभयो ।ओलीले अदालतको फैसलापछि नेपाल–खनाल समूहका नेता पेरिसडाँडाबाट बिदाइ भएर आफूलाई ठेगान लगाउन आएको तर्क गर्नुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२