-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता,गणतन्त्र, समावेशी मन नपराउने प्रतिगामी, प्रतिक्रियावादीहरुले देशमा भएका परिवर्तनहरु उल्ट्याउने कोसिश गरिरहेको बताउनुभएको छ ।
शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले देशमा हुनै नसक्ने कुरा हुन थालेको भन्दै केही अनिष्ट हुँदैछ कि देशमा भन्ने संकेत देखा परेको आशंका व्यक्त गर्नुभयो । प्रचण्डले प्रतिगामीहरुले परिवर्तन उल्ट्याउन संयन्त्र गरिरहको बताउदै त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको जानकारी दिनुभयो । १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहे पनि आफु जीवितै छु भन्दै अहिले यो परिवर्तन उल्ट्याउन सबै भन्दा घेराबन्दी आफुमाथि भइरहेको महसुस आफुले गरेको बताउनुभयो । अहिले संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै ‘प्राप्त उपलब्धीको हत्या गर्ने र एक खालको निरंकुशतातिर लैजाने भयो भने आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमुुख सचेतक बालकृष्ण खाँणले यदि कसैले यो संविधान च्यात्न खोजे च्यात्न खोज्ने शक्ति नै च्यातिने बताउनुभयो । खाँणले नेताहरुले देश,जनता,आफु सबैलाई बचाउनुपर्नेमा जोड दिनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३