-
नेकपा (माओवादी केन्द्र)ले पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न कार्यदल गठन गरेको छ । सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएसँगै पार्टीको संगठनात्मक कार्ययोजना प्रस्ताव गर्न माओवादी केन्द्रले चार सदस्यीय कार्यदल बनाएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले गठन गरेको कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र गिरिराजमणि पोखरेल रहनुभएको छ । कार्यदलले देशभरिकै पार्टी कमिटी, जनवर्गीय संगठनलगायतको अवस्थाबारे विस्तृत अध्ययन गरी आगामी चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा सुझाव पेश गर्ने जनाइएको छ । बैठकमा बिभिन्न पार्टीसंगको छलफलका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पार्टीको केन्द्रीय कमिटी चैत्र १ गते र भेला दुई गते हुने भएकाले भेलामा सहभागी हुनेको मापदण्डको निर्धारण पनि गरिएको श्रेष्ठले बताउनुभयो ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थनबारे छलफल गरेपनि टुंगो लगाएको छैन । बैठकले माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सचेतकमा देव गुरुङलाई नै कायम राखेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३