-
कैलालीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको हो ।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।
बुधवार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । ११ बजे नेकपा एमालको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुग्नुभएको थियो तर, त्यहाँ उपस्थित प्रहरीले नेता थापालाई पार्टी कार्यालय भित्र छिर्न दिएन ।
प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दा सम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । नेपाल समूहका कार्यकर्ताहरुले ब्यानर राखेका थिए । थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेमप्लेट थियो । त्यही समयमा दुवै जनाको नेमप्लेट निकालियो । ती दुई स्थानमा कर्ण थापाको र लेखराज भट्टको नाम राखिएको थियो । त्यस लगत्तै नेपाल समूहका कार्यकर्ताहरुले लेखराज भट्टको नेमप्लेट हटाएका थिए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरे ।
भीम रावल जिन्दाबाद भन्दै नाराबाजी गरिरहेको अवस्थामा केपी ओली जिन्दाबाद भन्दै ओली समूहका युवाहरूले नाराबाजी गरेका थिए । विवाद बढेपछि झडपको स्थिति भएको थियो । झडप पछि एमालेका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा त्यस अघि लगाइएको एमालेको ब्यानर लगाएर नयाँ ब्यानर लगाइएको थियो ।ओली समूहका कार्यकर्ताहरुले भीम रावलको नेमप्लेट समेत तोडफोड गरेका थिए ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३