-
नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिनुभएको छ । साथै उहाले घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गर्नुभएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताउनुभयो । घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराईसकेको रावलले बताउनुभयो । उहाले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाउनुभयो । रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको धारणा राख्नुभयो । अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर आफ्नो बोर्ड हटाउने हो त ? भन्दै उहाले प्रश्न गर्नुभयो ।
उहाले आफू नेकपा एमालेको नवौं महाधिवेशनबाट सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष जितेको व्यक्ति भएको सुनाउनुभयो । कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको थियो । प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





