• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रको निरिक्षण गर्नुभएको छ । मंगलबार भक्तपुरस्थीत केन्द्र पुगेर पुस्तक छपाई लगाएत अन्य संरचनाको निरिक्षण गर्नुभएको हो । सो क्रममा उहाले समयमा नै पुस्तक छापेर बिद्यार्थीको हातहातमा पुराउन निर्देशन दिनुभयो ।

    मन्त्री श्रेष्ठले पुस्तक छपाइमा कुनै समस्या भए त्यसको समाधान सरकारले गर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो नआउनेमा विश्वास व्यक्त गर्नुभयो ।

    त्यसैगरी उहाले जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्नुभयो ।

4565