-
जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ ।
जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाई,मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनिय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिनुभयो । उहाँले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि कांग्रेस र कम्युनिष्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने “उधारो सहमति” कसैसंग नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “हाम्रा मुद्दा केन्द्रीत भएर सबै पक्षसंग कुरा गर्छौ । हाम्रा सांसद रेशम चौधरीको रिहाई लगायत मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर आफ्ना कुरा राख्छौ । जो पक्ष हामीसंग कुरा गर्न चाहन्छ उ संग हामी कुरा गर्छौ । सबै कुरा बुझिसकेपछि पार्टीले औपचारिक निर्णय गर्छ । विगतको सबै अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टीले निर्णय गर्छ । सरकार वा सत्ताको कुरा त्यत्ति सहज छैन । मुद्दा वाँकी छन् । मुद्दा सम्बोधनको सवाल छन्,त्यो पनि विश्वसनिय हिसाबकितावले । ठगठगौति होइन । उधारो त धेरै भयो । उधारो खेती त धेरै गरिहाल्यो कि कांग्रेस,कम्युनिष्ट भनाउँदा पार्टीहरुले । उधारो खेती त कहाँ हुन्छ ? त्यसैले हुदैन । मुद्दालाई केन्द्रमा राखेर हामी काम गर्छौ । सबै संग कुरा गर्छौ र सबैको समिक्षा गरेर पार्टीले निर्णय गर्छ । भ्रममा नभई सवाल केन्द्रीत भएर निर्णय गरिने उधारो होइन । नगदमा चाहिन्छ । धेरै झुक्याए हामीलाई । अब यो हुनेवाला छैन । सबै संग वार्ता गर्ने र बैमानी सैतानि कसैको चल्नेवाला छैन यसपाली । ”
उहाँले हामी सबैपक्षसंग वार्ता गरि अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताउनुभयो । तत्काल अपरझट कुरा गर्नुपर्ने भएकाले दुईजना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रुपले पुर्णता दिने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भोली बुधबार सम्म वार्ता समितिलाई पुर्णता दिईने बताउनुभयो ।
जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मंगलबार पहिलो पटक बसेको हो । संसदीय दलको वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसंगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रुपमा समायोजन भएको छ । बैठकमा दल संचालनका लागि नेता चयन र संसदीय समिति गठनको लागि विधानको मस्यौदा बनाई वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद महतोले जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३