-
प्रधानमन्त्री ओलीले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु भएको छ । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिने बेलासम्म कुनै साइड इफेक्ट नदेखिएको र असर नदेखिने विश्वास व्यक्त गर्नुभयो । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियान सफल पार्न उहाँले आव्हान समेत गर्नुभयो । कोभिड विरुद्धको खोप सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘मैले कोभिडको भ्याक्सिन लगाएँ र अहिलेसम्म त्यस्तो साइड इफेक्ट केही पनि देखिएको छैन । हुँदैन होला भन्ने लागेको छ । म सबैलाई आग्रह गर्न चाहान्छु की कोभिड १९ विरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको छ । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने हाम्रो अभियानलाई सफल पारौ भन्ने म आग्रह गर्न चाहान्छु । यसबाट आत्तिनुपर्ने कुरा केही छैन । कसैलाई कुनै नोक्सान अहिलेसम्म त्यस्तो भएको छैन । कहिले कहिले एकदुई जना, दुईचार जनालाई केही देखिएको होला लाखौमा तर यो सुरक्षित छ । यसमा ढुक्कले भ्याक्सिन लगाउनु भए हुन्छ । म सबैलाई आब्हान गर्छु ।’
आइतबार देखि दोस्रो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाउन शुरु गरिएको छ । यो अभियान अन्र्तगत करिब १८ लाख जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका निम्ति देशैभरी करिब ६ हजार खोप केन्द्रहरुमा १५ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





