-
प्रधानमन्त्री ओलीले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु भएको छ । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिने बेलासम्म कुनै साइड इफेक्ट नदेखिएको र असर नदेखिने विश्वास व्यक्त गर्नुभयो । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने अभियान सफल पार्न उहाँले आव्हान समेत गर्नुभयो । कोभिड विरुद्धको खोप सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘मैले कोभिडको भ्याक्सिन लगाएँ र अहिलेसम्म त्यस्तो साइड इफेक्ट केही पनि देखिएको छैन । हुँदैन होला भन्ने लागेको छ । म सबैलाई आग्रह गर्न चाहान्छु की कोभिड १९ विरुद्धको लडाई अब खोप मार्फत हुने चरणमा पुगेको छ । सबैले खोप लगाएर कोभिडलाई पराजित गर्ने हाम्रो अभियानलाई सफल पारौ भन्ने म आग्रह गर्न चाहान्छु । यसबाट आत्तिनुपर्ने कुरा केही छैन । कसैलाई कुनै नोक्सान अहिलेसम्म त्यस्तो भएको छैन । कहिले कहिले एकदुई जना, दुईचार जनालाई केही देखिएको होला लाखौमा तर यो सुरक्षित छ । यसमा ढुक्कले भ्याक्सिन लगाउनु भए हुन्छ । म सबैलाई आब्हान गर्छु ।’
आइतबार देखि दोस्रो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाउन शुरु गरिएको छ । यो अभियान अन्र्तगत करिब १८ लाख जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका निम्ति देशैभरी करिब ६ हजार खोप केन्द्रहरुमा १५ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२