-
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएकाछन् । शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएकाहुन । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उनले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताऐ । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उनँको भनाई छ । उनले भने – ‘यो सरकारले उधुम गर्न लाग्यो यसलाई तुरुन्तै ढाल्नुप¥यो भनेर केही गर्दा ढाल्न सकिन्न भने हाम्रै पार्टीका हौँ भन्ने केही कांग्रेस कहाँ दुईटाका दायाँबाँया औठाछाप गरेर निवेदन हाल्न गएका छन् दुईजना, एक हल । निवेदन हाल्न गएका छन् कांग्रेस कहाँ, लौ न यो केपी ओलीले त उधुम नै गर्न लाग्यो हटाउँ यसलाई ।
यसलाई हटाउनको लागि तपाईहरुले कमसेकम नेतृत्व लिईदिनु प¥यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ । प्रत्यक्ष १ सय १६ सिट जितेकोलाई हटाउने २३ सिट जितेको कांग्रेसलाई लौन प्रभु नेतृत्व गरिदिनुप¥यो । यो जनताको आदेश हो ? जनताको इच्छा हो ? जनताले आदेश दिएको त्यसैगरी हो ? यिनीहरु लोकतन्त्रका विधि पद्धतीका प्रक्रियाका कुराहरु गर्छन् । झुठा र नक्कली कुरासँग भ्रम नपर्न म साथीहरुलाई आग्रह गर्न चाहान्छु । त्यतापटि तपाईहरु चिन्ता नगर्नुस् हामी ठेगान लाइहाल्छौ तिनीहरुलाई ।’
सार्वजनिक कार्यक्रममा सधै मजाकि भावमा प्रस्तुत हुने प्रधानमन्त्रीले मेलम्चीको पानी काठमाण्डौ आइपुगेको अवशरमा आयोजित कार्यक्रमलाई पनि छोड्ेनन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षलाई ब्यङ्गय कस्दै भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए । अर्को एक प्रसंगमा मेलम्ची आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको बताए ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनमा कुनै दुर्घटना नहुनेगरी काम अगाडी बढाउन पनि निर्देशन दिए । उनले काठमाडौँमा पानी झरेको भन्दै केही दिनमा धारामा पानी वितरण गरिने पनि बताए । प्रधानमन्त्री ओलीले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोक बासीलाई धन्यवाद पनी दिए ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३