-
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएकाछन् । शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएकाहुन । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उनले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताऐ । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उनँको भनाई छ । उनले भने – ‘यो सरकारले उधुम गर्न लाग्यो यसलाई तुरुन्तै ढाल्नुप¥यो भनेर केही गर्दा ढाल्न सकिन्न भने हाम्रै पार्टीका हौँ भन्ने केही कांग्रेस कहाँ दुईटाका दायाँबाँया औठाछाप गरेर निवेदन हाल्न गएका छन् दुईजना, एक हल । निवेदन हाल्न गएका छन् कांग्रेस कहाँ, लौ न यो केपी ओलीले त उधुम नै गर्न लाग्यो हटाउँ यसलाई ।
यसलाई हटाउनको लागि तपाईहरुले कमसेकम नेतृत्व लिईदिनु प¥यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ । प्रत्यक्ष १ सय १६ सिट जितेकोलाई हटाउने २३ सिट जितेको कांग्रेसलाई लौन प्रभु नेतृत्व गरिदिनुप¥यो । यो जनताको आदेश हो ? जनताको इच्छा हो ? जनताले आदेश दिएको त्यसैगरी हो ? यिनीहरु लोकतन्त्रका विधि पद्धतीका प्रक्रियाका कुराहरु गर्छन् । झुठा र नक्कली कुरासँग भ्रम नपर्न म साथीहरुलाई आग्रह गर्न चाहान्छु । त्यतापटि तपाईहरु चिन्ता नगर्नुस् हामी ठेगान लाइहाल्छौ तिनीहरुलाई ।’
सार्वजनिक कार्यक्रममा सधै मजाकि भावमा प्रस्तुत हुने प्रधानमन्त्रीले मेलम्चीको पानी काठमाण्डौ आइपुगेको अवशरमा आयोजित कार्यक्रमलाई पनि छोड्ेनन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षलाई ब्यङ्गय कस्दै भने, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए । अर्को एक प्रसंगमा मेलम्ची आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको बताए ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनमा कुनै दुर्घटना नहुनेगरी काम अगाडी बढाउन पनि निर्देशन दिए । उनले काठमाडौँमा पानी झरेको भन्दै केही दिनमा धारामा पानी वितरण गरिने पनि बताए । प्रधानमन्त्री ओलीले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोक बासीलाई धन्यवाद पनी दिए ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२