-
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि मर्यादित पेशाको रुपमा स्थापित गराउनका लागि सरकारले तिब्र ढंगले काम गरिरहेको बताएकाछन् । काठमाण्डौमा शनिबार एक समारोहका बीच किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि पेशालाई मर्याति बनाउनका लागि आम्दानीमा वृद्धि गर्नुपर्ने भएकाले कृषि आधुनिकीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएकाहुन । कृषिको आधुनिकीकरण बिना किसानको आम्दानी बढ्न नसक्ने तथा आम्दानीवाला पेसा नभएसम्म मर्यादित पनि हुन नसक्ने तर्क उनको थियो । कृषि उपजबिना मान्छेको जीवन नचल्ने उल्लेख गर्दे उनले ठूलो पेशा,ठूलो ओहोदा भन्ने विषय सबै वेकारको भएको बताए ।
उनले भने “कृषि उपज बिना खाद्यान्न वा खाद्यपदार्थ विना त मान्छेको जीवन नै चल्दैन । त्यसकारण ठूलो पेशा, ठूलो पद, ओहदा बेकारको अंहकार हो । सबै कुरा चल्ने कृषिबाट हो । कृषिको आधुनिकीकरणका हरेक महिना गेयर चेञ्ज गरिरहेका छौ । अझ तिब्र गतिका साथ अघि बढ्नका लागि । कृषि रणनीति कार्यान्वयन गर्नका लागि यो (किसान सूचीकरण राष्ट्रिय अभियान) कार्यक्रमले ठूलो सहयोग पुर्याउने छ ।”
उनले किसान सूचीकरण राष्ट्रिय अभियानमा सहयोग गरेकोमा युरोपेली युनियनलाई धन्यवाद दिदै सहयोग दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि जाहेर गरे । उनले कृषिको आधुनिकीकरण लगायत विकासका काममा आगामी दिन पनि निरन्तर सहयोग रहने विश्वास आफुले लिएको बताए । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले सम्मृद्ध किसान स्वस्थ्य नेपाल निर्माणका लागि किसान सूचीकरण राष्ट्रिय अभियानले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले विभिन्न समयमा भएका किसान आन्दोलनको सफलताको कडीको रुपमा किसान सूचीकरण राष्ट्रिय अभियान सुरु भएको पनि बताए । उनले अभियानमार्फत किसानको विस्तृत विवरण संकलन हुनुको साथै सरकारको सहयोग लक्षित वर्गसमक्ष पुग्ने विश्वास व्यक्त गरे ।
सातवटै प्रदेशमा सञ्चालन हुने गरि काठमाण्डौबाट किसान सूचीकरण राष्ट्रिय अभियान सुरु गरिएको हो । यो अभियान अन्र्तगत किसानहरुको विस्तृत जानकारी डिजिटल माध्यमबाट संकलन गरिन्छ ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२