-
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहेको अण्डा”को संज्ञा दिनुभएको छ । सनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए पनि कामै नलाग्ने गरि कुहिएर जाने बताउनुभएको हो । कम्युनिष्ट आन्दोलन बैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भएतापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने स्पष्ट पार्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताउनुभयो । माओले बिग्रिएका कम्युनिष्टलाई कुहेको अण्डाको संज्ञा दिएको दृष्टान्त दिदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि “कुहिएको अण्डा” भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “एकपटक माओसेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले विग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोहिपनि हुदैन । केपी ओली त्यही कुहेको अण्डा हो । कुहेको गन्हाएको अण्डालाई खाईदैन नि । त्यसलाई गाडिन्छ या जलाईन्छ । तपार्इ हामी चाही स्वस्थ्यवद्र्धक जीवनशिल तत्व हो । ”
प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षडयन्त्र विरु ज्नयुद्ध सुरु भएको भनेको स्मरण गर्दे उहाँले सर्वोच्चको फैसला संगै सबै बिजयी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “मैले प्रतिक्रान्तिको षडयन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै बिजयी भएको अवस्था हो । ”
उहाँले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै उहाँले अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेत्र बिक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुदै उहाँलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभयो ।उहाँले “बिप्लव जी पनि(उहाँ) अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आईपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्तत उहाँ यही ठाउँमा,यही लाइनमा ,यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ म बाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिएँ । एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुईवटा पात्र एकैचोटी हुदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुईवटा प्रचण्ड हुदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । ”
अर्का अध्यक्ष माधव कुमार नेपालले आफुहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “केपी ओलीलाई पनि हामी अन्तिम मौका दिईरहेका छौ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भएपनि देखाउनुहोस् । नभए इतिहासमा तपाई सधैभरी कलंकीत मात्रै हुनुहुनेछ । धेरै फुर्ति नदेखाउनुहोस् । तपाईका फुर्ति देखाउने दिन गए । ”उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गर्नुभयो ।उहाँले भन्नुभयो “कम्युनिष्ट विचार बोक्नेहरु प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ । विगतमा पनि कम्युनिष्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विर्सजन भएर गएका छन् । यो नौलो कुरा होइन । त्यसबाट हामी निरास हुदैनौ । केपी ओलीको कदम विरुद्ध सिंगो देश नै आन्दोलित, तरंगीत भयो । यो पार्टी मात्रै होइन संसदमा भएका राजनीतिक दलहरुपनि आन्दोलनमा उत्रिए । ”सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उहाँले उल्लेख गर्नुभयो । पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “अत्यन्तै गलत प्रवृति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भईसकेपछि पनि , पार्टी सदस्यबाट हटिसकेपछि पनि अटेर भएर अझै पनि कुनै नैतिकता नराखेर ,सर्वोच्चको फैसला पछि पराजित भईसकेपछि पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनिया आश्चर्य चकित छन् । कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर । ”उहाँले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफुहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो “कसैले पनि कर्के आखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओली संग अझै पनि अलमलियएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु ।”नेत्रविक्रम चन्द विप्लब राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिष्ट आन्दलदोलनको मुल प्रवाहमा आउन बाँकी रहेकाले आफुहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताउनुभयो ।कार्यक्रममा पदम राई र बिमल अधिकारीको नेतृत्वमा युवाहरुलाई पार्टी प्रवेश गराईएको थियो ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२
-
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३





