-
नेकपा दाहाल–नेपाल समूहद्वारा संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरेको छ । शुक्रबार दाहाल–नेपाल समूहको सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको नेताबाट प्रधानमन्त्री केपी ओलीलाई हटाएर दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो । संसदीय दलको जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले अदालत र जनताको मर्म विपरित केपी ओली प्रधानमन्त्रीको पदमा बसिरहने कार्य निन्दनिय र अलोकतान्त्रिक भएको ठहर पनि गरेको छ । बैठकले देशलाई राजनीतिक निकास दिने कार्यमा अग्रसर हुन सबै राजनीतिक दल तथा सांसदहरुलाई आब्हान पनि गरेको छ ।
बैठकमा नेता दाहालले प्रधानमन्त्री ओली पदमा बसिरहनु निन्दनीय भएको भन्दै राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाइने बताए । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले संसदीय दलको बैठकमा १ सय ११ जना सांसदले हस्ताक्षर गरेको भन्दै आफ्नो पक्षमा अत्याधिक बहुमत रहेको दाबी गरे ।
संसदीय दलको बैठकले फागुन १८ गते ताप्लेजुङमा भएको आगलागीबाट पीडितहरुको उद्दार र राहतको माग समेत गरेको छ । त्यसैगरी बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शान्तिपूर्ण बाटोमा लाग्न गरेको निर्णयलाई स्वागत पनि गरेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३