-
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोज तलास गरी सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गरेको छ ।
उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, किर्तिपुर, टोखा, नयाँबसपार्क लगायतका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएका प्रहरीले चोरी भएका मोटरसाइकलहरु बरामद गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बिहिबार मात्रै करिब ८० लाख बढी मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाइकलहरु धनिलाई बुझाइएको पनि बताइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले चोरी भएका मोटरसाइकल खोजी गरी सम्बन्धितलाई बुझाउनु ट्राफिक प्रहरीको कर्तव्य भएपनि सम्बन्धित धनीले पनि चोरी हुनै नदिने उपाय पनि अपनाउनुपर्नेमा जोड दिनुभयो । सवारी धनीले जहाँत्यही पार्किङ नगर्ने तथा जहाँत्यही सवारी साधन नछोड्न ध्यान दिए चोरी कम हुनेतर्फ उहाँले सचेत गराउनुभयो ।
महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइसकिएको तथा चोरीमा संलग्न ४१ जना व्यक्तिहरुलाई पक्राउ गरी कारबाही समेत गरिसकेको जनाएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२