-
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोज तलास गरी सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गरेको छ ।
उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, किर्तिपुर, टोखा, नयाँबसपार्क लगायतका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएका प्रहरीले चोरी भएका मोटरसाइकलहरु बरामद गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बिहिबार मात्रै करिब ८० लाख बढी मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाइकलहरु धनिलाई बुझाइएको पनि बताइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले चोरी भएका मोटरसाइकल खोजी गरी सम्बन्धितलाई बुझाउनु ट्राफिक प्रहरीको कर्तव्य भएपनि सम्बन्धित धनीले पनि चोरी हुनै नदिने उपाय पनि अपनाउनुपर्नेमा जोड दिनुभयो । सवारी धनीले जहाँत्यही पार्किङ नगर्ने तथा जहाँत्यही सवारी साधन नछोड्न ध्यान दिए चोरी कम हुनेतर्फ उहाँले सचेत गराउनुभयो ।
महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइसकिएको तथा चोरीमा संलग्न ४१ जना व्यक्तिहरुलाई पक्राउ गरी कारबाही समेत गरिसकेको जनाएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





