-
गुल्मीको रेसुंगा नगरपालिका ३ अन्र्तगत भाडगाउमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रेसुंगा नगरपालिका ३ अन्र्तगत भाडगाउँ निवासी ४७ वर्षका लाल बहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहिवार सार्वजनिक गरेको हो । उनले गत माघ २९ गते राती आफु र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भीक बयानको क्रममा प्रहरीलाई बताएका छन् ।
घरबाट वेपत्ता भएको १७ दिनमा लाल बहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज तलासको क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लाल बहादुरलाई पक्राउ गरि अनुषन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाई सार्वजनिक गरेको हो ।
प्रहरीले लाल बहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतवाट सात दिनको म्याद थप गरि घटनाको बारेमा थप अनुषन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भएको छ । सम्झनाको हत्या के कारणले भयो र के कारणले सासु समेत झुण्डीएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुषन्धानपछि पुन सार्वजनिक गर्ने बताएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





