-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदबाटै देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन । सर्वोच्च अदालतले पुनैस्थापना गरेर संसदबाटनै ओलीले देशलाई बन्धक बनाउने प्रयासमा लागेका छन उनले भने देशमा राजनितिकगतिरोध हटाउनकाँगे्रसले नेतस्त्व लिनु पर्छ ।
महोतरी जिल्लाको बर्दिवासमा नेपाली काँगे्रसले आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो ज्यानको खतरा रहेको बताउने प्रधानमन्त्री जनताको सुरक्षा गर्न नसक्ने बताएका छन । जुन देशको प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन् । त्यो जनतालाई कसरी सुरक्षित राख्न सक्छ भनेर प्रश्नसमेत गरेका छन ।
पोखरा पुगेर आफ्नो ज्यानको खतरा रहेको बताउनु देशका लज्जाको विषय भएको थापाले बताएका छन् । सयौं सुरक्षाकर्मीको बीचमा रहने प्रधानमन्त्रीले यस्तो कुरा गर्नु लज्जास्पद कुरा हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ब्रिफकेश गणको बीचमा रहेको प्रधानमन्त्रीले यस्तो कुरा गर्नु अनैतिक भएको उनले सुनाए । आफ्नो र जनताको ज्यान जोगाउन नसक्ने लुते प्रधानमन्त्रीको आवश्यक्ता छैन् । योग्यता र क्षमताको अधारमा ओली प्रधानमन्त्री हुन लायक नभएको उनको भनाइ छ । पोखरामा जसरी आफ्नो ज्यानको खतरा रहेको बताउनु नेपाली जनताका लागि दुःखद कुरा भएको थापाले बताए ।
अर्को प्रसंगमा थापाले सर्वोच्च अदालतको निर्णय स्वागत योग्य भएको बताए । देश र जनताको पक्षमा फैसला गर्ने अदालतलाई सलाम छ । अदालतले संविधानले दिएको जिम्मेवारीलाई पुरा गरेको छ । अब ठ्क्याकै यस्तै अवस्था निर्वाचन आयोगको आएको छ ।उनले निर्वाचन आयोगले ओलीलाई सूर्य चिह्न दिन्छ कि प्रचण्ड नेपाललाई दिन्छ त्यो कांग्रेसको चासोको विषय नभएको बताए । तर, निर्वाचन आयोगलाई प्रयोग गरेर प्रधानमन्त्री र प्रचण्ड नेपाल समूहले देशलाई बन्धक बनाउने काम गरेको आरोप लगाए । अब देशलाई हाक्ने जिम्मा कांग्रेसको काँधमा आएको छ । काँग्रेसको सरकार भए यस्तो अवस्था कहिले नआउने उनले जिकिर गरेका छन् । थापाले कार्यक्रममा जनता समाजवादी पार्टीले समेत देश र प्रदेशलाई डुबाउने काम गरेको दाबी गरेका छन । कार्यक्रम कागे्रस नेता प्रहाल्द कुमार क्षेत्री चिरनजीवी हमाल लगायतका बक्ताहरुले बोल्नु भएका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३





