-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदबाटै देशलाई बन्धक बनाउने प्रयासमा लागेको आरोप लगाएका छन । सर्वोच्च अदालतले पुनैस्थापना गरेर संसदबाटनै ओलीले देशलाई बन्धक बनाउने प्रयासमा लागेका छन उनले भने देशमा राजनितिकगतिरोध हटाउनकाँगे्रसले नेतस्त्व लिनु पर्छ ।
महोतरी जिल्लाको बर्दिवासमा नेपाली काँगे्रसले आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो ज्यानको खतरा रहेको बताउने प्रधानमन्त्री जनताको सुरक्षा गर्न नसक्ने बताएका छन । जुन देशको प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन् । त्यो जनतालाई कसरी सुरक्षित राख्न सक्छ भनेर प्रश्नसमेत गरेका छन ।
पोखरा पुगेर आफ्नो ज्यानको खतरा रहेको बताउनु देशका लज्जाको विषय भएको थापाले बताएका छन् । सयौं सुरक्षाकर्मीको बीचमा रहने प्रधानमन्त्रीले यस्तो कुरा गर्नु लज्जास्पद कुरा हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ब्रिफकेश गणको बीचमा रहेको प्रधानमन्त्रीले यस्तो कुरा गर्नु अनैतिक भएको उनले सुनाए । आफ्नो र जनताको ज्यान जोगाउन नसक्ने लुते प्रधानमन्त्रीको आवश्यक्ता छैन् । योग्यता र क्षमताको अधारमा ओली प्रधानमन्त्री हुन लायक नभएको उनको भनाइ छ । पोखरामा जसरी आफ्नो ज्यानको खतरा रहेको बताउनु नेपाली जनताका लागि दुःखद कुरा भएको थापाले बताए ।
अर्को प्रसंगमा थापाले सर्वोच्च अदालतको निर्णय स्वागत योग्य भएको बताए । देश र जनताको पक्षमा फैसला गर्ने अदालतलाई सलाम छ । अदालतले संविधानले दिएको जिम्मेवारीलाई पुरा गरेको छ । अब ठ्क्याकै यस्तै अवस्था निर्वाचन आयोगको आएको छ ।उनले निर्वाचन आयोगले ओलीलाई सूर्य चिह्न दिन्छ कि प्रचण्ड नेपाललाई दिन्छ त्यो कांग्रेसको चासोको विषय नभएको बताए । तर, निर्वाचन आयोगलाई प्रयोग गरेर प्रधानमन्त्री र प्रचण्ड नेपाल समूहले देशलाई बन्धक बनाउने काम गरेको आरोप लगाए । अब देशलाई हाक्ने जिम्मा कांग्रेसको काँधमा आएको छ । काँग्रेसको सरकार भए यस्तो अवस्था कहिले नआउने उनले जिकिर गरेका छन् । थापाले कार्यक्रममा जनता समाजवादी पार्टीले समेत देश र प्रदेशलाई डुबाउने काम गरेको दाबी गरेका छन । कार्यक्रम कागे्रस नेता प्रहाल्द कुमार क्षेत्री चिरनजीवी हमाल लगायतका बक्ताहरुले बोल्नु भएका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२