• अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यरातमा अँध्यारा कोठामा बुनिएका तानाबानाले सरकार ढाल्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

    बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै पौडेलले अप्राकृतिक ढंगबाट सरकारलाई गिराउने काम गर्नेहरुले सरकारको विकासका योजनामा असर नगर्ने बताउनुभयो । आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले जनता समाजवादीका नेता भेट्ने र आफ्ना समर्थनमा सरकारमा बसिदिन आग्रह गर्नेहरु सफल नहुने उहाले बताउनुभयो । विकासका योजनामा धेरै काम गर्न बाँकी रहेको भन्दै पौडेलले विकासमा अघि बढ्नका लागि विकासको सपना देख्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले सपनलाई योजनामा ढालेर कार्यान्वयन गर्नका लागि सरकार हरदम प्रयासरत रहेको पनि धारणा राख्नुभयो ।

    विकास, स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा वर्तमान सरकार अन्तर्राष्ट्रिय मुलुककै गतिमा अघि बढेको पौडेलको दाबी गर्नुभयो ।

4565