• नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब राजनीतिक संक्रमण धेरै नलम्बिने बताउनुभएको छ । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका प्रचण्डले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने बताउनुभयो ।

    उहाले ऐन कानुन नियम अनुसार प्रक्रिया अनुसार नै आफुहरु अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै उहाले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको जिकिर गर्नुभयो । फरक प्रसंगमा उहाले कोरोना खोप आउनुले मानवजातीको नै जीत भएको भन्दै बिना हिचकिहाकच खोप लगाउन आग्रह गर्नुभयो । उहाले बुधबार कोरोनाबिरुद्धको खोप लगाउनुभएको हो ।

4565