-
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाले राजपुर हत्याकाण्डको आरोपमा पक्राउ परेका पूर्व मन्त्री, रौतहट क्षेत्र नंंं २ का साँसद आफताब आलमलाई छुटाउन आफुले प्रयास गरि रहेको बताएका छन । पुरानो झुठा मुद्दाहरुमा नेता महम्मद आफताव आलमलाई फसाइएकोले उनलाई आफ्नो किसिमबाट छुटाउन लागिरहने सभापति देउवाले बताएका हुन । बम विष्फोटगरी मान्छे मारेको आरोपमा पक्राउ परेका आलमलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिए पछि हाल उनी कारागारमा रहेका छन । रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ६ धरमपुर सिंगारवनमा विष्णु पुराण महायज्ञको बुधवार उदघाटन गर्दै अध्यक्ष देउवाले आफताब आलमको पक्षमा बोलेका हुन । सभालाई सम्बोधन गर्दै उनले दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसकेको बेला नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताए । “आवश्यक्ता पर्यो भने देशको नेतृत्व लिन कागे्रंस तयार हुन्छ ।” कार्यक्रममा देउवाले भने “देशलाई अनिर्णयको वन्दि बनाएर आपसी गुटवाजी गर्दा जनताले दुःख पाएका छन ।” जुनसुकै परिस्थिति र अन्यौलपूर्ण अवस्थामा पनि चुनौतीलाई व्यवस्थापन गर्दै देशलाई निकास दिन कागे्रंस अघि बढने उनले बताए । फागुन १९ गते देखि लिएर २९ गते सम्म संचालन हुने विष्णु पुराण महायज्ञ मेलामा विभिन्न खेल तमाशा, रासलिला, रामलिला, सहितको विभिन्न झाकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएको गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । उदघाटन कार्यक्रममा सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएर स्वागत गरिएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३