-
नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने बताउनुभएको छ । नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जाननहुने बताउनुभएको हो । तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने तर्क उहाँले गर्नुभयो । उहाँले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसंग मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘अहिले नेपाली कांग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपी धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होईन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुईवटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसियर फलानोसँग समिकरण गर्ने भन्यौ भने त्यो अपरिपक्व हुन्छ । त्यो गुट ओली जुट्छ कि ? त्यो पनि प्रयास भएका छन् । देशी विदेशी सबै प्रयासहर संलग्न छन् । अहिले पार्टीले लिएको पर्ख र हेर को नीति उपयुक्त नीति छ । अब जुन बेला त्यहाँ देखिन्छ । नेपाली कांग्रेस सरकार निर्माणमा नेपाली कांग्रेसको भुमिकाको आवश्यकता प¥यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ । निर्णय गर्न नेपाली कांग्रेस सक्षम छ । नेपाली कांग्रेसको भुमिकाको आवश्यकता देखियो भने हामिले कुनैपनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली कांग्रेस जाँदैन भन्ने मलाई लाग्छ । जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ । तर नेपाली कांग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता प¥यो भने त्यो हामिले लिनुपर्छ । फलानो सँग चाहिँ गर्नुपर्छ फलानो सँग चाहिँ हुँदैन भन्ने बहस छ । नेपाली कांग्रेसको नेतृत्व जसले स्वीकार गर्छ त्यसमा हामिले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन । नेपाली कांग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा ।’
नेपाली कांग्रेस कम्युनिष्ट कुन पक्ष तिर लाग्ने भन्दा पनि कम्युनिष्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उहाँको भनाई छ । आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालिन सोच राख्नुपर्ने उहाँले बताउनुभयो ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





