-
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले दाहाल–नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको दावी गरेकाछन् ।
पूर्वमन्त्री बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै दाहाल–नेपाल पक्षले राष्ट्रपति भण्डारीलाई हतोत्साहित बनाउनका लागि भएपनि महा अभियोग ल्याउने तयारी गरेको उल्लेख गरेका छन् । यसका साथै बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने तयारीमा रहेको पनि जिकिर गरेका छन् ।
बाँस्कोटाले नेकपा दाहाल–नेपाल पक्षलाई नेपाल कम्फरटेबल पार्टी भन्दै कटाक्ष समेत गरेका छन् । पछिल्लो समय दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो पक्षको नेकपाले कांग्रेस र जसपासँग सहकार्य गरी अगाडि गए भारत र चीन दुवै कम्फरटेबल हुने भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । र उनको यो अभिव्यक्तिले चौतर्फी आलोचना समेत भईरहेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३