-
अहिलेसम्म ग्रामीण लघु जलविद्युत बाल्दै आएका बागलुङको सल्यानमा नेपाल बिधुत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । बिधुत प्राधिकरणको लाइन मात्रै पुगेको छैन यतिबेला अति विपन्न परिवारलाई निशुल्क मिटर बक्स समेत प्रदान गरेको छ ।
लामो समयसम्म लघु जलविद्युत बाल्दै आएका बागलुङ जिल्लाको गाउँ गाउँमा यतिबेला नेपाल बिधुत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पु¥याउने कार्य धमाधम भइरहेको छ ।नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा अति विपन्न विद्युत ग्राहकलाई मीटर बक्स समेत निशुल्क वितरण गरेको छ ।
लामो समयदेखि स्थानिय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रिय विद्युतको पहुँचमा जोडिए सँगै उनीहरुलाई निशुल्क मीटर बक्स वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले बताए ।
नेपाल विद्युत प्राधिकरणको अति विपन्न परिवारलाई निशुल्क मीटर बक्स प्रदान गर्ने अभियान अन्तर्गत बरेङ गाउँपालिका ४ का ११ घरधुरीलाई निशुल्क मीटर बक्स हस्तान्तरण गरिएको थियो । केन्द्रिय विद्युतीकरणको विस्तार र सञ्चालन सँगै वडा भित्रका १ सय २० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । भौगोलिक विकटताको कारण केन्द्रीय विद्युतको पहुच वाट वञ्चीत रहेका स्थानिय पहिलो पटक विद्युत उपभोग गर्न पाउदा खुसी भएका छन् ।
वडा भित्रका राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखि केन्द्रिय विद्युत उपभोग गर्दै आइरहेकोमा यस पटक वाकी रहेका १ सय २५ घरधुरीमा विद्युत विस्तार भएको छ । यो सँगै सल्यान पूर्ण रूपमा केन्द्रिय विद्युतको पहुँचमा जोडिएको वडा अध्यक्ष लिल बहादुर खत्रीले वताए । लामो समयदेखि केन्द्रिय विद्युत बाल्न आफूहरु प्रयासरत रहेको र विद्युत बाल्न सफल भएकोमा खुशी भएका छन् ।
उक्त क्षेत्रमा विद्युतिकरण गर्न नेपाल विद्युत प्राधिकरणले ४५ लाख र वडा कार्यालय मार्फत झण्डै १५ लाख रुपैयाँ खर्च गरेको छ । सल्यानमा केन्द्रिय विद्युत नहुँदा मोवाईल चार्ज गर्न समेत अन्यत्र जानुपर्ने र उद्योग व्यवसाय गर्न कठिनाइ हुने गरेकोमा केन्द्रिय विद्युतको सेवा सञ्चालनमा आए सँगै जनताको दैनिकीमा सहजता हुने भएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३