-
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चितुवाहरु मध्ये केही चितुवाहरु पछिल्लो समयमा नियमित जसो बेलडाँडी–दैजी सडकखण्ड आसपासमै ओहोरदोहोर गरिरहँदा उक्त बाटो प्रयोग गर्ने मानिसहरु त्रसित बनेका छन् ।
फागुन शुरु भएसँगै उक्त सडकखण्ड आसपासमा देखिन थालेका चितुवा अझैपनि सोही क्षेत्रमा रहेको पाइन्छ । बेलडाँडीका स्थानीय व्यवसायी यज्ञराज भट्टले बेलडाँडी–दैजी सडकखण्डमा हिड्दा सतर्क भएर हिड्नुपर्ने बताउनु भयो । त्यस्तै, शिक्षक जय सिंह कुँवरले बर्दिया र कैलालीको गौरीगंगामा भएको जस्तो घटना बेलडाँडी–दैजी सडकखण्डमा जतिबेला पनि घट्न सक्ने हुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन र सरोकारवाला सबैको ध्यान आकृष्ट गर्न आमसञ्चारमाध्यमलाई अनुरोध गर्नुभयो ।
बेलडाँडी–दैजी सडकखण्डबाट ओहोरदोहोर गर्दा बीचबाटो मै दुईटा चितुवाहरु खेलिरहेको अवस्थामा देखिएको कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चान्देव बस्ने शेर बहादुर चौधरीले बताउनुभयो ।
यता, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जको बाटोबाट हिड्ने आमनागरिक र आसपासको क्षेत्रमा बस्ने नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ । बेलडाँडी–दैजी सडकखण्डको करीब १५ किलोमिटर क्षेत्र निकुञ्ज भित्र पर्ने हुँदा उक्त बाटोबाट ओहोरदोहोर गर्दा बीच बाटोमा नरोकिन, साना सवारीसाधनमा ओहोरदोहोर गर्दा सकभर समुह बनाएर सतर्कतापूर्वक ओहोरदोहोर गर्न, पैदल ओहोरदोहोर नगर्न, धेरै चम्किलो कपडाहरु नलगाउन हुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले सबैलाई अनुरोध गर्नुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुहरुको ओहोरदोहोर गर्ने मार्ग भएको हुँदा निर्धारित गतिमा सवारीसाधन चलाई तोकिएको समयमा पुग्ने गरी निकुञ्ज भित्रको बाटोमा पूर्ण सतर्कता अपनाएमा दुर्घटनाबाट बच्न सकिने उहाँको भनाइ छ । उहाँले बाटो आसपासमा चितुवा देखिने गरेको खबर पाएपछि निकुञ्जका कर्मचारीहरुलाई समेत निगरानी बढाउन लगाइएको बताउनु भयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





