-
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चितुवाहरु मध्ये केही चितुवाहरु पछिल्लो समयमा नियमित जसो बेलडाँडी–दैजी सडकखण्ड आसपासमै ओहोरदोहोर गरिरहँदा उक्त बाटो प्रयोग गर्ने मानिसहरु त्रसित बनेका छन् ।
फागुन शुरु भएसँगै उक्त सडकखण्ड आसपासमा देखिन थालेका चितुवा अझैपनि सोही क्षेत्रमा रहेको पाइन्छ । बेलडाँडीका स्थानीय व्यवसायी यज्ञराज भट्टले बेलडाँडी–दैजी सडकखण्डमा हिड्दा सतर्क भएर हिड्नुपर्ने बताउनु भयो । त्यस्तै, शिक्षक जय सिंह कुँवरले बर्दिया र कैलालीको गौरीगंगामा भएको जस्तो घटना बेलडाँडी–दैजी सडकखण्डमा जतिबेला पनि घट्न सक्ने हुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन र सरोकारवाला सबैको ध्यान आकृष्ट गर्न आमसञ्चारमाध्यमलाई अनुरोध गर्नुभयो ।
बेलडाँडी–दैजी सडकखण्डबाट ओहोरदोहोर गर्दा बीचबाटो मै दुईटा चितुवाहरु खेलिरहेको अवस्थामा देखिएको कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चान्देव बस्ने शेर बहादुर चौधरीले बताउनुभयो ।
यता, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जको बाटोबाट हिड्ने आमनागरिक र आसपासको क्षेत्रमा बस्ने नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ । बेलडाँडी–दैजी सडकखण्डको करीब १५ किलोमिटर क्षेत्र निकुञ्ज भित्र पर्ने हुँदा उक्त बाटोबाट ओहोरदोहोर गर्दा बीच बाटोमा नरोकिन, साना सवारीसाधनमा ओहोरदोहोर गर्दा सकभर समुह बनाएर सतर्कतापूर्वक ओहोरदोहोर गर्न, पैदल ओहोरदोहोर नगर्न, धेरै चम्किलो कपडाहरु नलगाउन हुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले सबैलाई अनुरोध गर्नुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुहरुको ओहोरदोहोर गर्ने मार्ग भएको हुँदा निर्धारित गतिमा सवारीसाधन चलाई तोकिएको समयमा पुग्ने गरी निकुञ्ज भित्रको बाटोमा पूर्ण सतर्कता अपनाएमा दुर्घटनाबाट बच्न सकिने उहाँको भनाइ छ । उहाँले बाटो आसपासमा चितुवा देखिने गरेको खबर पाएपछि निकुञ्जका कर्मचारीहरुलाई समेत निगरानी बढाउन लगाइएको बताउनु भयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२