-
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरिएको बताउनुभयो । वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको उहाँले जानकारी दिनुभयो ।
सञ्चारमन्त्री गुरुङले सबै ससस्त्र समूह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोणको आधारमा वार्ता टोली गठन गरिएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ताद्धारा समस्या समाधान गर्न माननीय गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सम्माननीय प्रधानमन्त्रीज्यूका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनेगरी दुई सदस्यीय वार्ता टोली गठन गरिएको व्यहोरा यहाँहरुका बिचमा प्रेस वक्तव्य मार्फत यहाँहरुलाई सार्वजनिक गर्न चाहान्छु ।
अत्यन्तै छिट्टै नेपाल सरकारले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहसँग वार्ताको प्रक्रिया अगाडी बढाउनेछ । आशा छ, नेपाल सरकारले यो वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौँ । सबेै ससस्त्र समुह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने काममा नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ । त्यही दृष्टिकोणको आधारमा पनि आजको यो वार्ता टोली गठन भएको सार्वजनिक गर्दछ ।’
मन्त्री गुरुङले विप्लव समुहलाई लगाइएको प्रतिवन्ध, हतियार बिसाउने तथा नेता कार्यकर्तालाई लागेको मुद्धाको विषयमा वार्ताबाटै समस्या समाधान गरिने बताउनुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२