-
म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट ठुलो परिणाममा गाजाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुन १३ र १७ गते एकै गाउँबाट ३२ किलो ७ सय ग्राम गाजाँसहित प्रकाउ परेका दुईजनालाई सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय दरवबाङबाट खटिएको टोलीले फागुन १३ गते मालिका गाउँपालिका– २ रुम भिरखर्कका ३४ बर्षका होमबहादुर पुनलाई १२ किलोग्राम ८५० गाँजासहित र सोही गाउँपालिका वडानम्वर ३ डाडाँगाउँ पात्लेका ६३ बर्षिय हर्कबहादुर रोकालाई २० किलो ९०० ग्राम गाजासहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । उनीहरुबाट गाजासहित गाजाँ बनाउने सामाग्री पनि बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बोराभित्र हालेर बाख्राको खोरमा लुकाएको अवस्थामा १२ किलो गाजाँसहित होमबहादुर पुनलाई नियन्त्रण लिएको हो भने गोठमा लुकाएर राखेको २० किलो गाजाँसहित हर्कबहादुर रोकालाई प्रहरी टोलीले पक्राउ गरेको बताए ।
लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दश किलोग्राम देखि माथि गाजाँसहित पक्राउ परेमा दुईबषदेखि १० बर्षसम्म कैद सजाय र १५ हजार देखि १ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान छ । पछिल्लो समय प्रहरीले गाजाँ ड्रग, जुवातास खेल्नलाई कानुनी रुपमा पक्राउ गर्न सफल भएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३