-
म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट ठुलो परिणाममा गाजाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुन १३ र १७ गते एकै गाउँबाट ३२ किलो ७ सय ग्राम गाजाँसहित प्रकाउ परेका दुईजनालाई सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय दरवबाङबाट खटिएको टोलीले फागुन १३ गते मालिका गाउँपालिका– २ रुम भिरखर्कका ३४ बर्षका होमबहादुर पुनलाई १२ किलोग्राम ८५० गाँजासहित र सोही गाउँपालिका वडानम्वर ३ डाडाँगाउँ पात्लेका ६३ बर्षिय हर्कबहादुर रोकालाई २० किलो ९०० ग्राम गाजासहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । उनीहरुबाट गाजासहित गाजाँ बनाउने सामाग्री पनि बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बोराभित्र हालेर बाख्राको खोरमा लुकाएको अवस्थामा १२ किलो गाजाँसहित होमबहादुर पुनलाई नियन्त्रण लिएको हो भने गोठमा लुकाएर राखेको २० किलो गाजाँसहित हर्कबहादुर रोकालाई प्रहरी टोलीले पक्राउ गरेको बताए ।
लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दश किलोग्राम देखि माथि गाजाँसहित पक्राउ परेमा दुईबषदेखि १० बर्षसम्म कैद सजाय र १५ हजार देखि १ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान छ । पछिल्लो समय प्रहरीले गाजाँ ड्रग, जुवातास खेल्नलाई कानुनी रुपमा पक्राउ गर्न सफल भएको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२