• विश्वमा नेपाली खाना चिनाउने सेफ सन्तोष शाहलाई नेपाल पर्यटन वोर्डले सम्मान गरेको छ ।
    सेफ सन्तोष शाहलाई बोर्डले मंगलबार सम्मान गरेको हो । सम्मान कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाकोमा सेफ सन्तोषलाई धनयवाद दिनुभयो । उहाले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताउनुभयो । कोइरालाले आफ्नो पहिचानलाई चिनाउन सेफ सन्तोष शाहबाट सिक्नु पर्ने तर्क गर्नुभयो ।

    विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउन सफल भएको बताउदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल पाएको बताउनुभयो । शाहले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताउनुभयो । उहाले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलको जिकिर गर्नुभयो । कार्यक्रममा यस क्षेत्रका व्यक्तिहरको बाक्लो उपस्थिति रहेको थियो ।

4565