-
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव पक्ष संकटमा परेको जिकिर गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहाने प्रचण्ड–माधव पक्षलाई नै संकट परेको बताउनुभएको हो । उहाँले प्रचण्ड–माधव समुह प्रधानमन्त्री ओली विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो – प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होईन, संकटचाहिँ उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्युत गर्न चाहाने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई नै परेको जस्तो देख्छु म आजको मितिसम्म आइपुग्दाखेरी । किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो । पौष ५ गते उहाँहरुले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अगाडी सारिएको थियो । त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ । अब भोलिका दिनमा परिस्थिती उहाँहरुको निमित्त झन असहजातर्फ गइरहेको छ ।
नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताउनुभयो । फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सिमित हुने पनि उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – कम्युनिष्ट पार्टी फुटेको कुरा हामिले नस्वीकारेको अवस्थामा र वर्तमान सरकार विरुद्ध औपचारिक ढंगले कुनै अविश्वासको प्रस्ताव लगायतका कुनै पनि प्रस्तावहरु नआइरहेको सन्दर्भमा कुनै नैतिक प्रश्न प्रधानमन्त्री माथि उठ्ने स्थिति पनि छैन र २३ गतेको संसदबाट सरकार परिवर्तन हुन्छ भन्ने अनुमान , अनुमानमै सिमित हुने होकि भनेजस्तो लक्षण देखिदैछ ।
प्रचण्ड–माधव पक्षले औपचारिक रुपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरु केपी शर्मा ओली पक्षमा आउने उहाँले दाबी गर्नुभयो । प्रचण्ड–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उहाँको भनाई थियो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३