-
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ ।मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफुलाइृ हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौति पनि दिनुभयो । आफुले कुनै पदका लागि मुद्धा नलडेको भन्दै प्रचण्डमाधव समुहलाई व्यंग्य पनि गर्नुभयो । आफु राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनता माझ जाने र जनताले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “म मुद्धा लड्न गएको पनि छैन । म मुद्धा हाल्न गएको पनि छैन, यो पाउँ त्यो पाउँ भनेर । म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईहरु कहाँ आउँछु । जनताकाबीच जान्छु ।दाजुभाई दिदिबहिनीकाबीचमा जान्छु कि म माथि अन्याय भयो तपाईहरुले न्याय दिनुहोस् भनेर । तपाईहरुले न्याय दिनुहुन्छ । अस्तिका दिन बोल्दाखेरी मैले भनेँ अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । सजिलो छैन । हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु तर आउँदो चुनावमा अहिलेनै भन्दिनँ चाहन्छु कसैले हटाउन सक्छ भने हटाओस् डेढबर्ष ÷२ बर्ष पछि त चुनाव आईसक्छ । २ तिहाईका साथ फेरि सिंहदरबारमा फर्कन्छु ।”
उहाँले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गते पछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताउनुभयो ।उहाँले भन्नुभयो “तपाईहरुलाई लाग्ला भन्नुहोला, प्रधानमन्त्रीले त ढुक्कैले भाषण गरिरहेको छ ,अदालतले त प्रतिनिधिसभा व्यूँतायो । ब्युँतायो भने के भयो र के बिग्रीयो र ? ठिकै भयो । तर अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मुल्यांकन परिणामले गर्ने छ । म केही पनि बोल्दिनँ । मेरो काम त प्रधानमन्त्रीको हिसाबमा अदालतको फैसला मान्ने हो । त्यसलाई कार्यान्वय नगर्ने हो । २३ गते अधिवेशन बोलाएको छु । २३ गते अधिवेशन बस्छ । राम्ररी अधिवेशन चलाएर अगाडी बढाउने मेरो प्रयास हुन्छ । मेरो नकरात्मक भूमिका कहिलेही पनि हुदैन । सकारात्मक भूमिका हुन्छ ।”अर्काका लागि कम्र्फटेबल सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्र्फटेबल सरकार चाहिएको भन्दै उहाँले आफुले देश र जनताको पक्षमा काम गरेको र गरिरहने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले आफु देश बिगार्ने तगाराहरु पन्छाएर अघि बढ्ने र त्यो क्षमता नेपाली जनताले राख्नुपर्ने बताउनुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३





