• प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा आफुले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा थप अस्थिरता आउने दाबी गर्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् ।

    सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले त्यसलाई ठाडै अश्वीकार गरेका हुन् ।प्रधानमन्त्री ओलीले आफूलाई हटाएर दाहाल–नेपाल समूहले सरकार गठन गर्न नसक्ने पनी दावी गरेकाछन् । दाहाल–नेपाल समूहले भने ओली समूहलाई बाहिर राखेर सरकार गठन गर्न पछिल्लो समय निक्कै दौडधुप गरिरहेको छ ।

4565