• सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक शुक्रबार बसेकोे मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।

    फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परमादेश जारी गरेको थियो । अदालतको फैसला आएको तीन दिनपछि सरकारले संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

4565