-
नेकपाका उपाध्यक्ष वामदेव गौतमले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् ।गौतमले एक विज्ञप्ति नै जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरून्त राजीनामा दिनु पर्छ ।’संवैधानिक इजलासको निणर्यलाई स्वागत गर्दै गौतमले राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न पनि माग गरेका छन् ।
त्यस्तै, उनले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन पनी अनुरोध गरेका छन् ।गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क। केपी शर्मा ओली र क। प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’
प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको जिकिर गर्दै गौतमले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको पनि बताएका छन् ।
गौतमले प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन् । ‘यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छ,’ उनले भनेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





