-
नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ ।अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो । अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताउनुभएको हो । अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिनुभयो । उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत बताउनुभयो । यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।
नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ । नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले बताउनुभयो ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२