-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली संसद पुनःस्थापन हुँदैन भन्नेमा सयमा दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन्। शनिबार बिराटनगरमा भएको जन सभामा बोल्दै नेम्वाङले भने,‘प्रधानमन्त्री त्यसरी विश्वस्त हुनुहुन्छ, हामीलाई प्रधानमन्त्रीमाथि विश्वास छ।’उनले निर्वाचनको माहौल सुरु भइसकेको बताउँदै भने,‘प्रतिपक्षीलगायतका दल वडा वडामा विरोध प्रदर्शन भन्दै रुख चिन्हलगायतलाई लिएर पुगीरहेका छन्, हाम्रा केही साथी शाकाहारीले भएन मांसाहारी आन्दोलन भन्दै हिँडिरहेका छन्।’
दुई तिहाईको सरकारले दिएको प्रस्ताव संसदमा प्रस्तुत नगरेका कारण नै सरकारलाई काम गर्न दिएन भनेको बताउँदै उनले भने,‘सरकारले पेस गरेको नागरिक विधयेक किन प्रस्तुत गरिएनरु किन संसदमा हरायोरु’ प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटामाथि लक्षित गर्दै उनले भने,‘सत्य निरुपण वेपत्ता विधयेक सरकारले काम गर्दा किन आफैं दुई तिहाईमा हुँदा अघि बढ्न सकेन, संवैधानिक परिषदको बैठक किन बस्न सकेनरु यहि हो, सरकारलाई काम गर्न नदिएको भनेको।’
त्यसैले दुई तिहाईको सरकारको नेतृत्व हुँदाहुँदै पनि जसरी काम गर्न दिइएन त्यसका विरुद्धमा जनताको बीचमा जानुबाहेक केही विकल्प छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, १५ गतेभित्र सर्वोच्चले यस विषयमा टुंगो लगाउनेछ।उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलाको प्रसंग उप्काउँदै उनले भने,‘संविधानसभा विघटनको घोषणा गर्नुभयो, त्यसबेला मैले भनेको थिएँ, यो गलत भयो भनेको थिएँ। त्यो घटना र अहिलेको घटनामा के फरक छ ?
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२