-
नेकपा प्रचण्ड–नेपाल पक्षले जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रमलाई सफल पार्नका लागि पनि निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले संगाठनिक एकीकरणको काम केहि दिनभित्रै सक्ने बताउनुभएको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै प्रवक्ता श्रेष्ठले राजनीतिक परिवर्तनलाई जोगाउन नेकपा प्रतिवद्ध रहेको बताए । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाउँदै छिटै पतन हुने बताए । श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तन प्रधानमन्त्रीको दमनकारी नीति भएको टिप्पणी गरे । आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको भन्दै सन्तुष्ट हुन नसकेको उनले बताए ।
प्रतिनिधिसभा बिघटनको बिषय अदालतमा अन्तिम चरणमा पुगेको भन्ने खवर आएको र अव कसरी अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रीत रहेको उनले बताए । बैठकमा आएका केन्द्रीय सदस्यहरूले पार्टीको परिचयपत्र र नागरिकतासमेत बोकेर आएका थिए । निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजान समेत भनिएको नेताहरुले बताएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





