-
निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले भव्यताका साथ ७१ औं प्रजातन्त्र दिवस मनाएको छ । सदरमुकाम गौरको राईस मिल बाट बिहान शुरु भएको प्रभात फेरीले विपी चोक हुदै भन्सार कार्यालय सम्म पुगेर पुनः राइसमिलमा फर्किएको थियो ।
गौरमा प्याबसन सँग आवद्ध रहेका ११ निजी विद्यालयहरु सहभागी भएको सो ¥यालीमा विभिन्न भेषभुषा सहितको झाँकी समेत प्रदर्शन गरिएको थियो । बिहान ८ बजे बाट शुरु भएको सो ¥यालीमा झण्डै तिन हजार सहभागीहरु रहेका थिए । प्रजातन्त्रका लागी प्राणको आहुती दिने वीर शहिदको सम्झनामा निकालीएको सो ¥यालीमा राष्ट्रियता झल्काउन ठूलो मात्रामा राष्ट्रिय झण्डा प्रयोग गरिएको थियो ।
¥याली अवधी भर प्रत्येक विद्यार्थीले राष्ट्रिय ध्वजा बोक्दै झण्डा बाडेका थिए । विद्यार्थी तथा स्थानीयहरुमा राष्ट्रियताको भावना जगाउनका लागी झण्डाको प्रयोग गरिएको प्याबसनले जनाएको छ ।राष्ट्रियताको सम्मानका साथै एक दिनका लागी भए पनि हाम्रो झण्डा सबैले बोकुन भन्ने उदेश्यले कार्यत्रमm आयोजना गरेको तथा आजको कार्यक्रममा चार हजार भन्दा बढी झण्डा बाडिएको प्याबसनले जनाएको छ । कार्यक्रममा सदरमुकाम गौरका निजी तथा आवासीय विद्यालयका सँस्थापक तथा शिक्षकहरु समेतको उपस्थीति रहेको थियो ।
जिल्ला प्रशासन कार्यालयको प्रजातन्त्र दिवस मुल समारोह समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा सरकारी कर्मचारीहरु पनि सो ¥यालीमा सहभागी भएका थिए । ¥यालि पश्चात गौर नगरपालिकाका मेयर अजय गुप्ता, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल यादवले प्रजातन्त्रका लागी प्राण अर्पण गर्ने शहिदहरु प्रति सम्मान तथा श्रद्धान्जली व्यक्त गर्दै नेपाली जनताको पटक पटकको आन्दोलनका बारेमा चर्चा गरेका थिए ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३