कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने भन्दै नेपाल विद्यार्थी संघको प्रदर्शन
-
कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताउनुभयो । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताउनुभयो ।
विद्यार्थीहरुले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजी समेत गरेका थिए । यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्ड समेत बोकेका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३