-
प्रधानमन्त्री केपी ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन । अवहेलना मुद्दामा बिहीबार सर्वोच्चमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको जिकिर गरेका हुन ।
प्रधानमन्त्री ओलीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज योग्य रहेको जनाएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जानेमात्र होइन, सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर पनि गरेका छन । प्रधानमन्त्रीलाई स्वयं उपस्थीत भएर जवाफ पेश गर्न भनिएपछि आफै आएर लिखित जवाफ पेश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे गरेको टिप्पणीलाई लिएर उनीविरुद्ध अदालतमा अबहेलना मुद्दा दर्ता भएको थियो ।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । यसअघि चार पूर्व प्रधानन्यायाधीशले गत बुधवार अदालतमा गएर म्याद बुझी लिखित जवाफ पेश गरेका थिए । सर्वोच्चले दाहाल नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३