-
धनकुटा । आठौं छिन्ताङ्ग सहिद कप फुटबल प्रतियोगिता २०७७ तथा लामेचौर खेल मैदान उद्घाटन समारोह सम्पन्न भएको छ ।
News Desk 0 response मङ्लबार, माघ २७, २०७७
मितेरी युवा क्लव सहिदभुमि १ छिन्ताङ्ग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिता तथा लामेचौर खेल मैदान १ नं प्रदेश सभा सदस्य निरन राईले उद्घाटन गर्नु भएको हो ।
धनकुटा र सुनसरीका गरि जम्मा २४ टिमले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा पाँच दिन सम्म सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष दुर्गा खड्काले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताको विजयी टिमले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
उक्त खेलमैदान निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारको तर्फबाट ८ लाख, गाउँपालिकाको ३ लाख, आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकार मार्फत २० लाख, गाउँपालिकाको २ लाख र वडा नं १ वडा कार्यलय मार्फत ५० हजार अहिले सम्म जम्मा ३३ लाख ५० हजारमा खेलमैदान तथा खेलमैदानमा कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको आयोजक संस्थाका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो खेलमा अजम्वरी युवा क्लव साँगुरीगढी र मितेरी युवा क्लव शहिदभूमीको प्रतिनिधित्व गर्दै प्रतियोगिताको शुरुवात गरिएको थियो ।
पहिलो खेलमा अजम्वरी युवा क्लव साँगुरीगढीले ५÷४ गोल अन्तरले मितेरी युवा क्लव शहिदभूमी १ लाई पराजित गरेको छ ।
आज हुने दोस्रो प्रतियोगितामा सिद्धबाबा र हार्दियाको टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
माघ ३० गते सम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, वडाध्यक्ष वम वहादुर राई, पौवादुम्मा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राई, नेकपा शहिदभूमी गाउँ कमिटी अध्यक्ष निर वहादुर राई लगायतको उपस्थिती थियो ।
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२ -
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
एसईई प्रदेशबाट सञ्चालन गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव
शनिबार, जेष्ठ ३१, २०८२
-
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
शनिबार, जेष्ठ ३१, २०८२ -
सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२