-
धनकुटा । आठौं छिन्ताङ्ग सहिद कप फुटबल प्रतियोगिता २०७७ तथा लामेचौर खेल मैदान उद्घाटन समारोह सम्पन्न भएको छ ।
News Desk 0 response मङ्लबार, माघ २७, २०७७
मितेरी युवा क्लव सहिदभुमि १ छिन्ताङ्ग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिता तथा लामेचौर खेल मैदान १ नं प्रदेश सभा सदस्य निरन राईले उद्घाटन गर्नु भएको हो ।
धनकुटा र सुनसरीका गरि जम्मा २४ टिमले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा पाँच दिन सम्म सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष दुर्गा खड्काले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताको विजयी टिमले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद ३५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
उक्त खेलमैदान निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकारको तर्फबाट ८ लाख, गाउँपालिकाको ३ लाख, आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकार मार्फत २० लाख, गाउँपालिकाको २ लाख र वडा नं १ वडा कार्यलय मार्फत ५० हजार अहिले सम्म जम्मा ३३ लाख ५० हजारमा खेलमैदान तथा खेलमैदानमा कार्यक्रम सञ्चालनका लागि स्टेज निर्माण गरिएको आयोजक संस्थाका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो खेलमा अजम्वरी युवा क्लव साँगुरीगढी र मितेरी युवा क्लव शहिदभूमीको प्रतिनिधित्व गर्दै प्रतियोगिताको शुरुवात गरिएको थियो ।
पहिलो खेलमा अजम्वरी युवा क्लव साँगुरीगढीले ५÷४ गोल अन्तरले मितेरी युवा क्लव शहिदभूमी १ लाई पराजित गरेको छ ।
आज हुने दोस्रो प्रतियोगितामा सिद्धबाबा र हार्दियाको टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
माघ ३० गते सम्म सञ्चालन हुने प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, वडाध्यक्ष वम वहादुर राई, पौवादुम्मा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राई, नेकपा शहिदभूमी गाउँ कमिटी अध्यक्ष निर वहादुर राई लगायतको उपस्थिती थियो ।
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३