-
आइतबार करिब २ घण्टा हामी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अन्तर्गतको भेहिकल फिटनेस टेस्ट सेन्टरमा बस्यौँ । यहाँ सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने गरिन्छ । सवारीसाधनको साइलेन्सर अर्थात् धुवाँ फाल्ने स्थानमा मेसिन लगाएर कम्प्युटरको सहायतबाट सवारीसाधनको प्रदूषणको मापन अर्थात् चेकजाँच गर्ने गरिन्छ ।
आइतबार एकान्तकुनामा गरिएको सवारीसाधनको चेकजाँचमा डिजेलबाट चल्ने अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’ भए । २ घण्टाको समयभित्र चेकजाँज गरिएका ४६ वटा सवारीसाधनमध्ये ३२ वटा सवारीसाधन डिजेलबाट चल्ने सवारीसाधन थिए । डिजेलबाट चल्ने ३२ वटा सवारीमध्ये २७ वटा सार्वजनिक अर्थात् कालो प्लेट भएका भाडाका सवारीसाधन थिए । जसमा २१ वटा सवारीसाधन सवारी जाँचपासमा फेल भए । यसलाई प्रतिशतमा हेर्ने हो भने झण्डै ७८ प्रतिशत हुन आउँछ ।
कसरी हुन्छ सवारीसाधनको प्रदूषण जाँच ?
नेपाल सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको नियमित प्रदूषण चेकजाँच गराउनुपर्ने नियम बनाएको छ । यसका लागि डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँमा एचएसयू (HSU) अर्थात् धुवाँको बाक्लोपनाको मापन गरिन्छ भने पेट्रोलबाट चल्ने सवारीसाधनमा हाइड्रोकार्बन अर्थात् एचसी (HC) र कार्बन मोनोअक्साइड अर्थात् (CO) को जाँच गर्ने गरिन्छ । नेपाल सरकारले तोकेको मापदण्डअनुसार पेट्रोलबाट चल्ने सवारीसाधनमा हाइड्रोकार्बनको मात्रा १ हजार पीपीएम (हाइड्रोकार्बनको मात्रा नापिने सूचक) र धुवाँमा कार्बन मोनोअक्साइडको मात्रा ३ प्रतिशतसम्मलाई छुट दिएको छ । यसको अर्थ अधिकतम सीमा भनेको यही हो ।
त्यसैगरी डिजेलबाट चल्ने सवारीसाधनलाई दुई श्रेणीमा विभाजन गरिएको छ । सन् १९९७ भन्दा पहिले बनेको सवारीसाधनको एचएसयू अर्थात् धुवाँमा धुलोको कणको मात्रा ७५ भन्दा कम हुनुपर्ने उल्लेख छ भने १९९८ भन्दा पछाडिको सवारीसाधनको एचएसयू ६५ मानेको छ । ६५ एचएसयू भनेको २.४४ K-K भनेको धुवाँमा धुलोको कण मापन गर्ने विधि हो) हुन्छ । त्योभन्दा बढी भएको पाइएमा त्यसलाई प्रदूषण भएको मानिने छ ।
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२