-
आइतबार करिब २ घण्टा हामी एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय अन्तर्गतको भेहिकल फिटनेस टेस्ट सेन्टरमा बस्यौँ । यहाँ सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने गरिन्छ । सवारीसाधनको साइलेन्सर अर्थात् धुवाँ फाल्ने स्थानमा मेसिन लगाएर कम्प्युटरको सहायतबाट सवारीसाधनको प्रदूषणको मापन अर्थात् चेकजाँच गर्ने गरिन्छ ।
आइतबार एकान्तकुनामा गरिएको सवारीसाधनको चेकजाँचमा डिजेलबाट चल्ने अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’ भए । २ घण्टाको समयभित्र चेकजाँज गरिएका ४६ वटा सवारीसाधनमध्ये ३२ वटा सवारीसाधन डिजेलबाट चल्ने सवारीसाधन थिए । डिजेलबाट चल्ने ३२ वटा सवारीमध्ये २७ वटा सार्वजनिक अर्थात् कालो प्लेट भएका भाडाका सवारीसाधन थिए । जसमा २१ वटा सवारीसाधन सवारी जाँचपासमा फेल भए । यसलाई प्रतिशतमा हेर्ने हो भने झण्डै ७८ प्रतिशत हुन आउँछ ।
कसरी हुन्छ सवारीसाधनको प्रदूषण जाँच ?
नेपाल सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको नियमित प्रदूषण चेकजाँच गराउनुपर्ने नियम बनाएको छ । यसका लागि डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँमा एचएसयू (HSU) अर्थात् धुवाँको बाक्लोपनाको मापन गरिन्छ भने पेट्रोलबाट चल्ने सवारीसाधनमा हाइड्रोकार्बन अर्थात् एचसी (HC) र कार्बन मोनोअक्साइड अर्थात् (CO) को जाँच गर्ने गरिन्छ । नेपाल सरकारले तोकेको मापदण्डअनुसार पेट्रोलबाट चल्ने सवारीसाधनमा हाइड्रोकार्बनको मात्रा १ हजार पीपीएम (हाइड्रोकार्बनको मात्रा नापिने सूचक) र धुवाँमा कार्बन मोनोअक्साइडको मात्रा ३ प्रतिशतसम्मलाई छुट दिएको छ । यसको अर्थ अधिकतम सीमा भनेको यही हो ।
त्यसैगरी डिजेलबाट चल्ने सवारीसाधनलाई दुई श्रेणीमा विभाजन गरिएको छ । सन् १९९७ भन्दा पहिले बनेको सवारीसाधनको एचएसयू अर्थात् धुवाँमा धुलोको कणको मात्रा ७५ भन्दा कम हुनुपर्ने उल्लेख छ भने १९९८ भन्दा पछाडिको सवारीसाधनको एचएसयू ६५ मानेको छ । ६५ एचएसयू भनेको २.४४ K-K भनेको धुवाँमा धुलोको कण मापन गर्ने विधि हो) हुन्छ । त्योभन्दा बढी भएको पाइएमा त्यसलाई प्रदूषण भएको मानिने छ ।
शरद खतिवडा 0 response मङ्लबार, फाल्गुन २२, २०७४
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





