• विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको छ । अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएपछि विवेकशील साझा पार्टी विभाजनको संघारमा पुगेको हो । गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले सो पार्टीमा दुई धार देखिएको हो ।

    अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएका छन् भने संयोजक पाण्डेले बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । केहि समय अगाडि मिश्रले संघीयता र धर्म निरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने माग गरेका थिए । त्यसको पाण्डेसहित चार केन्द्रीय सदस्यहरुले खण्डन गर्दै फरक दस्ताबेज ल्याएका थिए । त्यसयता सो दलमा विवाद चर्किंदै आएको छ ।

4565