• नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन । संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै बैठकले सरकारमा सहभागी हुने बिषयमा निर्णय गर्ने एकल अधिकार पार्टी अध्यक्ष नेपाललाई नै दिएको छ ।

    स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । त्यस्तै बैठकले राष्ट्रियसभा दलको नेतामा बेदुराम भुषाललाई चयन गरको छ । बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी रहेका छन । त्यस्तै बैठकले बाढि पहिरो पहिरोपछिको उद्धार र राहतका साथै कोरोना महामारी नियन्त्रणमा गम्भीर हुन सरकारको ध्यानाकर्षण पनि गराएको छ । त्यस्तै पार्टीका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको पनि कामना पनि बैठकले गरेको छ ।

4565