-
प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच आज विहान भेटवार्ता भएको छ । सरकार विस्तारका विषयमा दुई नेताविच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । दुई नेताबीच केही दिनमै मन्त्रिपरिषदलाई पुर्णता दिने सहमति भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकार विस्तारमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादीले छलफल थालेका हुन । सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन ।
गठबन्धनमा सहभागी जनमोर्चाले सरकारमा सहभागि नहुने बताएको छ । सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी भने सरकारमा सहभागी हुने नहुने टुंगो लागिसकेको छैन । कांग्रेसले कुल सात, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित छ–छ मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक तयारी छ ।
असार २९ गते प्रधानमन्त्री नियु्क्त भएका देउवाले अहिलेसम्म चारमन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाइरहेका छन । सरकार बनेको लामो समयसम्म सरकार विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना समेत हुँदै आएको छ ।
News Desk 0 response शनिबार, भदौ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





