• नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको हो । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औंपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए । माग सम्बोधन हुने वातावरण बनेकाले जिल्ला सभापतिहरुको जारी रिले अनसन तोडाउने निर्णय पनि बैठकले गरेको छ ।

    पौडेल पक्षले २ दिन भित्र्र सभापति शेरबहादुर देउवालाई दवाव पनि दिएको छ । त्यस्तै बैठकले वडक्रियाशील सदस्यहरुको बाँकि विवाद टुंगो लगाउन पाटी अधिवेशन यही भदौ १८ गतेबाटै प्रारम्भ गर्ने पार्टी केन्द्रीय समिति र निर्वाचन समितिको निर्णय कार्यान्वयन गरेर अघि बढने विषयमा पार्टी सभापति देउवासँग सहमति गरिएकाले सोही अनुसार अघि बढने निर्णय पनि गरेको छ ।।

4565