-
विज्ञहरुले गर्भवती र सुत्केरी महिलालाई अत्यावस्यक उपचारका लागि बाहेक सामान्य परामर्शका लागि अस्पताल नजान सुझाव दिएका छन् । कोरोनाको जोखिम उच्च हुँदा अस्पताल पुग्ने गर्भवती महिलाको संख्यामा कमि नआएको भन्दै विज्ञहरुले सचेत गराएका हुन् ।
कोरोना संक्रमणको उच्च जोखिम भएसँगै गर्भवती र सुत्केरी महिलाहरुलाई अति जरुरी काम वाहेक अन्य कामका लागी अस्पताल नजान विज्ञहरुको सुझाव छ । शरीर सुनिने, उच्चरक्तचाप, रक्तअल्पता, बच्चा नचलेको अवस्था वाहेक अन्य कुराका लागी टेलिफोन वा सामाजिक सञ्जालबाटै चिकित्सकसँग परामर्श लिन विज्ञले सुझाव दिएका छन् ।
सामान्यतया अरु व्यक्तिहरुको तुलनामा गर्भवती र सुत्केरी महिलाहरुमा कोभिड संक्रमणको जोखिम उत्तिकै हुन्छ । बच्चा जन्मेपछि आमा संक्रमित छ भने स्वास्थ्य मापदण्ड पालना नगरे बच्चालाई पनि संक्रमणको जोखिम हुन्छ । त्यसैले बच्चालाई स्तनपान गराउँदा समेत उच्च सतर्कता अपनाउन विज्ञको सुझाव छ ।
जटिल अवस्था भए पनि गर्भवती महिलामा भाइरससँग लड्ने क्षमता अरु व्यक्तिहरुको जस्तै हुने चिकित्सकको दाबी छ । त्यसैले गर्भवती वा सुत्केरी महिलालाई संक्रमण हुँदैमा आत्तिनु नपर्ने सुझाव पनि चिकित्सकको छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





