-
पछिल्लो समय कोरोना संक्रमणका सिकिस्त विरामीको संख्या बढ्न थालेको छ । साथै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ । कोरोना संक्रमणको जोखिम अहिले पनि उच्च रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सचेत र सावधान हुन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउने हो भने अहिले पनि दैनिक २ देखि ४ हजार हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हेर्ने हो भने दैनिक ३० देखि ४० जना भन्दा बढि देखिन्छ । साथै अस्पतालमा भर्ना हुने विरामी तथा आईसीयु तथा भेन्टीलेटर आवश्य पर्ने विरामीको चाप पनि बढेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर आईसीयुमा रहने कोरोना संक्रमितको संख्या ६ सय भन्दा बढि छ । यसैगरी भेन्टीलेटरमा उपचारत विरामीको संख्या १ सय ५० भन्दा बढि छ । सात प्रदेशहरु मध्ये बागमति प्रदेशमा आइसीयु तथा भेन्टीलेटरमा उपचारत बिरामीको संख्या धेरै छ । बागमति प्रदेशमा मात्र ३ सय ७० भन्दा बढि आईसीयु तथा ९० जना भन्दा बढि भेन्टीलेटरमा रहेका छन् । हाल पनि कोरोन संक्रमणको उच्च जोखिम रहेकाले कोरोना संक्रमणबाट बच्ने स्वास्थ्य मापदण्ड राम्रोसंग पालना गर्न मन्त्रालयको सुझाव छ । साथै कोरोना संक्रमणसंग मिल्दाजुल्दा लक्षण देखिएमा परिक्षण गर्न तथा परिक्षण नतिजा नआए सम्म एकान्तवास रहन समेत मन्त्रालयको आग्रह छ ।
विगतको जस्तो दैनिक कोरोना संक्रमण एकै चोटी ह्त्तै बढेको नदेखिए यहि क्रममा संक्रमण बढ्दै जाने हो भने पनि यसले ठूलो क्षति हुन सक्ने विज्ञहरु बताउँछन् । साथै अहिले कोरोना संक्रमणका सिकिस्त खालका विरामी बढ्नु तथा मृत्युको संख्यामा समेत वृद्धि देखिएकाले बेलैमा सचेत तथा सावधान नहुने हो भने आगामी दिनमा कोरोना संक्रमणको तस्रो लहर अवस्य आउन सक्ने विज्ञहरुको ठम्याई छ ।
News Desk 0 response बिहिबार, भदौ १०, २०७८
-
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३

शुक्रबार, बैशाख ११, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३