-
पार्टी दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरिएको नेकपा (एकीकृत समाजवादी) ले आफ्नो अन्तरिम विधान पारित गरेको छ । नेकपा एमालेबाट विभाजित भई दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।
सो पार्टीले माक्र्ससवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मानिएको छ । सो पार्टीले अन्तरिक विधान पारित गर्दै एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई त्याग्दै वैज्ञानिक समाजवादलाई अनुसरण गर्ने नीति लिएको छ । सो पार्टीमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी राख्ने जनाएको छ ।
केन्द्रीय कमिटी भने १ सय १५ पूर्ण र ३६ वैकल्पिक सहित १ सय ५१ सदस्यीय केन्द्रीय हुने उल्लेख छ । जसमा ५१ सदस्यीय पोलिटब्यूरो र २१ सदस्यीय स्थायी समिति रहने छन् । प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था गरिएको छ । हरेक ५ वर्षमा महाधिवेशन गरिने र त्यसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्ने उल्लेख छ ।
राष्ट्रिय परिषद्का सदस्यले नै केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । अर्थात पार्टीको अध्यक्ष र पदाधिकारी पनि महाधिवेशनबाट प्रत्यक्ष नभई राष्ट्रिय परिषद्बाट चुनिने छ ।
News Desk 0 response मङ्लबार, भदौ ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





