• बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफूलाई ओली र नेपाल पक्ष दुबैको साथ र सहमति रहेको बताएकी छन् ।

    एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी ओलीले गर्ने बित्तिकै एमाले एक हुने बताइन । नेता नेपाललाई धोका दिएको भन्ने गलत सन्देश फैलाएको आरोप ललगाउदै उनले आफु सधै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारिन । मुख्यमन्त्री शाक्यले सबैको सहकार्यमा प्रदेश सरकारलाई अगाडी बढाउने बताईन ।

4565