• नेत्रविक्रम चन्द नेतृत्वको नेकपा का नेता भरत बम रिहा भएका छन । नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ बम २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन । रिहा भएपछि काठमाडौंको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगाएतका नेताहरुले खादा लगाएर स्वागत गरेका छन । रिहा भएपछि बमले खुसीसगंै अहिले जिम्मेवारी बोधले थिचेको टिप्पणी गरे । उनले सानो जेलबाट निस्केर खुल्ला जेलमा आएको टिप्पणी गरे ।

    बमलाई बिहिबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो । नेकपामाथि प्रतिवन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्दा लगाएको थियो । उहालाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारा राखिएको थियो । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ ।

4565