-
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विगत ७ दिनको तथ्यांक अनुसार पछिल्लो एक सातामा २५ हजार भन्दा बढि नयाँ संक्रमति थपिएका छन् ।
विगत केहि समय देखि कोरोना सक्रमितको संख्या बढ्ने क्रममा छ । केही सातामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा पनि चाप बढ्न थालेको छ । स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार गत साउन २७ यता एक सातामा २५ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ ।
एक सातामा २ सय भन्दा बढिको मृत्यु कोरोना संक्रमणका कारण भएको देखिन्छ । निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढेपछि पुनः संक्रमण बढ्न थालेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । स्वास्थ्यका मापदण्ड पालना नगरे अबका दिनमा अझै संक्रमण बढ्नसक्ने अनुमान समेत स्वास्थ्य मन्त्रालयको छ ।
पछिल्लो केहि साता यता कोरोना संक्रमित उपचार गर्ने सरकारी अस्पतालहरुमा संक्रमितको संख्या बढ्न थालेको छ । खास गरी आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीको सख्ंया बढ्दै गएका कारण यस्ता शैय्या अभाव हुन थालेको छ । सरकारी तथ्यांक अनुसार काठमाडौं उपत्यकाकामा मात्र सरकारी अस्पतालमा जेनेरल एचडीयू शैय्रया संख्या २ हजार ६६ आईसीयु ३ सय ११ भेन्टिलेटरको संख्या १ सय ३९ रहेको छ । कोरोना संक्रमण बढ्न थाले पछि कोरोना उपचारका लागि तयारी थालिरहको मन्त्रालयको भनाई छ ।
विगत केहि दिन यता कोरोना संक्रमितको संख्या बढ्न थाले पछि कोरोना संक्रमणको तस्रो लहर सुरु भएको पनि मानिएको छ । त्यसैले कोरोना संक्रमण फैनल नदिन सरकारको एक्लो प्रयासले मात्र सम्भव देखिदैन । जसका लागि आम नागरिक पनि सजक र सावधान हुन आवश्यक देखिन्छ ।
News Desk 0 response बिहिबार, साउन २८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३