• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

    देउवाको मन्त्रीमण्डलमा हालसम्म चार जना मन्त्री र एकजना राज्यमन्त्री मात्रै छन् । सत्ता साझेदार दलहरुबीच सहमति जुटन नसक्दा उनले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन । देउवासँग भेट गर्नुअघि दाहालले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरेका थिए । भेटमा दाहालले नेपाललाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ ।

    कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा एमालेको माधव नेपाल पक्षलाई लैजान दाहालले केही समयदेखि प्रयास गरिराखेका छन । तर एमाले अध्यक्ष ओली पक्षसँगको संवाद जारी रहेकाले माधव नेपाल पक्ष सरकारमा जाने विषयमा सकारात्मक देखिएको छैन ।

4565